Logo
Logo

आज नारी दिवसः झण्डै एक सय वर्षदेखि मनाईंदैछ, नारी दिवस


दृष्टि संवाददाता


काठमाडौं । आज १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक मार्च ८ मा मनाइने नारी दिवसमा अन्तर्राष्ट्रियरुपमा यसवर्ष ‘चुनौतीलाई स्वीकार गर’ भन्ने नारा रहेको छ ।

नेपालमा भने ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नारा तय गरिएको छ । नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन पहिलो पटक महिला कामदारमाथिको श्रम शोषणा विरुद्ध आवाज उठाएको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।

अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरुले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्