Logo
Logo

मिलिजुली टिकटक परिवारद्वारा २ लाख सहयोग


दृष्टि संवाददाता


काठमाडौं । मिलिजुली टिकटक परिवारले विभिन्न अस्पतालमा उपचाररत विरामीलाई आर्थिक सहयोग गरेकाे छ । ठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विभिन्न अस्पतालमा उपचाररत ४ जना बिरामीलाई २ लाख ८ हजार ६ सय ९१ रूपैयाँ हस्तान्तरण गरेको हाे ।

झन्डै ६ महिना अगाडी टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फाल्गुन २२ र २३ गते काठमाडौंमा बनभोज कार्यक्रमको आयोजना गरि नगद सहयाेग संकलन गरेका थियाे ।

रकम हस्तान्तरण कार्यक्रममा परिवारका अध्यक्ष राजन कडेल, प्रमुख अतिथी श्रीजन भट्टराई, विशिष्ट अतिथि अनुपमान सैजु, आमन्त्रित विशिष्ट अतिथिहरु, परिवारका संरक्षक रारा सैजु, सल्लाहाकार माधव भट्टराई, नेपाली सहयोही हात, एवम शिशिर नेपाल संस्थाका अध्यक्ष तथा परिवारका सल्लाहकार निखिलेस पुरी लगायत टिकटक मिलिजुली परिवारका पदाधिकारी तथा सकृय सदस्यहरुको सहभागी रहेको थियो । उक्त कार्यक्रमको संयोजन सृजना खडका र अजय पाण्डेले गरेका थिए ।

साथै टिकटक मिलिजुली परिवारले फाल्गुन २२ गते थानकोटस्थित त्रिभुवन पार्कमा मित्र(मिलान तथा बनभोज कार्यक्रमको आयोजना समेत गरेको थियो । उक्त कार्यक्रममा देशैभरी बाट टिकटक मिलिजुली परिवारका सदस्य, ख्यातीप्राप्त कलाकार, टिकटकमा भाइरल ब्याक्तीहरु, निलहिरा समाजका प्रतिनिधिहरु, र नेपाल होचा-पुडका संघका प्रतिनिधि हरुको समेत उपस्तिथि रहेको थियो ।

सोही कार्यक्रममा टिकटक मिलिजुली परिवारले सवारी दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेर अस्पतालमा उपचारत धादिङका श्री राम अर्याल र ब्रेन ट्युमर रोगबाट ग्रसित भै हाल अस्पतालमा उपचारत सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठलाई जनही नगद रु ५० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको थियो ।

विद्यालय जाने उमेरमा ब्लडक्यान्सर रोगबाट थलिएर हाल कान्ति बाल अस्पतालमा उपचारत बुटवलकी ९ वर्षीय बालिका मानबी थापालाई उपचारार्थ ५६ हजार ५ सय ७० रुपियाँ मिलिजुली परिवारले अस्पताल पुगि हस्तान्तरण गरेको छ । थापालाई मिलिजुली परिवार संग सहकार्य गर्दै लाइन्स क्लब अफ बुटवल, लाइन्स क्लब अफ काठमाडौं  र लाइन्स क्लब अफ बुटवल लुमिनसले सयुक्त रुपमा ९० हजार ५० रूपैयाँ सहायोग गरेकोछ ।

साथै दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएर हाल ललितपुरमा उपचारत चितवन भरतपुर निवासी सुदिप थापा मगरलाई उपचारर्थ सहयोग स्वरुप ५१ हजार १ सय २१ रुपियाँ टिकटक मिलिजुली परिवारले अस्पताल पुगि हस्तान्तरण गरेको छ ।

‘सेवा नै धर्म हो’ भन्दै कोभिड माहामारिको बाबाजुद भदौ अन्तिम साता टिकटक लाइभबाट निर्माण भएको यस मिलिजुली टिकटक परिवारले अफ्ट्यारोमा परेका व्यक्ति, असाहाय ब्याक्ति, बिरामी भइ आर्थिक अभावले उपचार गर्न नपाएर अस्पतालमा छट्पटी रहेका व्यक्ति र परिवार गुमाएर बृद्वाआश्रम तथा बाल-आश्रममा आश्रति रहेका व्याक्तिहरूलाई सहयोग गर्दै आएको परिवारका संरक्षक रारा सैजुले बताए ।

प्रतिक्रिया दिनुहोस्