Logo
Logo

रैनादेवी छहरामा कोभिड अस्पताल सञ्चालनमा


कृष्ण दर्नाल


पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले अस्याथी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले छहरा–४, छहरास्थित स्वास्थ्य चौकीको पुरानो भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए । पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयबासिन्दा उपचारका लागि सहज भएको छ । यस क्षेत्रका कोभिडका बिरामी उपचारका लागि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता रहेको थियो ।

गाउँपालिकाको २ लाख र संघीय सरकारको ८ लाख गरि कुल १० लाख बजेटमा अस्पताल सञ्चालनमा भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । कोरोना संक्रमतिको उपचारमा अस्पताल स्थापना पछि सहजता भएको कार्कीले बताए । निःशुल्क उपचार सहितको २४ घण्टे सेवा प्रदान गर्न थालेपछि स्थानीयबासिन्दा खुसी देखिएका छन् ।

कोरोनाबाट स्वदेश फिर्ता भएका युवाहरुलाई स्वरोजगार बनाउन युवाहरुलाई कृषिमा अनुदानका कार्यक्रम तथा बाझो जमिनको सदुपयोग गर्ने नागरिकहरुलाई प्रति रोपनी अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष चेत कुमारी थापाले अस्पताल स्थापना गरिएकोले कोभिडका विरामी उपचारका लागि आउन अनुरोध गरिन । प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर खत्रीले मानिसको सबैको भन्दा ठुलो सम्पति स्वास्थ्य भएको बताए ।

कोभिड उपचार स्थानीय तहबाट पाउन थालेपछि खर्च कम हुने खत्रीले बताए । अस्पतालमा चिकित्सक सहितको स्वास्थ्यकर्मी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्