Logo
Logo

नागरिक लगानी कोषको शेयर बिक्रीमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठाइस कित्ता शेयर बिक्री गरिने भएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु। १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ ।

जसको शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चैत्र ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्