Logo
Logo

महालक्ष्मी लाइफको प्रदेश-१ मा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रदेश नम्बर–१ मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गरेको छ ।

कम्पनीको सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्ने अभियान योजनाअनुसार प्रदेश–१ मा उक्त तालिम प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले बताए ।

कम्पनीले हिजो इटहरीमा सम्पन्न गरेको उक्त तालिममा प्रदेश–१ अन्तर्गतका ११ जना शाखा प्रमुखको सहभागिता रहेको उनले जानकारी दिए ।

आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बिमाको माध्यमले शुद्धीकरणा गर्ने गरेका छन् । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाबारेमा तालिम दिइएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्