Logo
Logo

यो साता तीन दिनमात्रै खुल्यो शेयर बजार, हप्तैभरि गिरावट


दृष्टि संवाददाता


काठमाडाैं । साताकाे तीन दिन मात्रै कारोबारमा आएको सेयर बजार हप्तैभरी घटेर बन्द भएको छ । अघिल्लो हप्ता २ हजार ५ सय ६ बिन्दुमा बन्द भएको बजार यो साता लगातार तीन दिन घटेर २ हजार ४ सय ५८ बिन्दुमा रोकिएको हो ।

नेप्से सूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । दुई हप्ता अघि सम्म दैनिक १० अर्ब रुपैयाँको किनबेच हुने बजारमा अहिले भने दैनिक ४/५ अर्ब रुपैयाँको मात्रै किनबेच भइरहेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

बुधबार चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने एनआएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ, लिबर्टि इनर्जिको पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्