कोल्टीमा कालाजरका विरामीको उपचार सुरु « Drishti News – Nepalese News Portal
Logo

कोल्टीमा कालाजरका विरामीको उपचार सुरु


नन्दा थापा


बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक कलाजार रोगका विरामीको उपचार गरिएको छ । लामखुट्टेको टोकाईबाट लाग्ने उक्त रोगको उपचार जिल्लामा नहुदा जिल्ला बाहिरका अस्पतालमा रिफर गर्नु पर्ने बाध्यता रहेको थियो । कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा नै उक्त रोगको उपचार हुन थालेपछि धनगढी, नेपालगञ्ज, सुर्खेत लगायतका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले बताएका छन् ।

कालाजारबाटरोगबाट ग्रसित भएकी स्वामीकार्तिक खापर गाँउपालिका–२ सुुपानाकी १४ वर्षीया अम्बिसना बुुढाको कोल्टीमा नै उपचारपछि निको भएको डा.जैशीले बताए । पहिले कालाजार रोगको सामान्य चेकजाँच हुने गरेको चेकजाँच हुुने गरेको भएपनि उपचारका लागि भने जिल्ला बारिह रिफर गर्ने गरेको अब त्यो समस्या हटेको जैशीको भनाई रहेको छ ।

स्वास्थ्य केन्द्रमा एम्विसाेम नामक औषधी कोल्टीमै उपलब्ध भएपछि यही उपचार सुरु गरेको डाक्टर जैशीले भने । बालिका बुढा एक महिना देखि ज्वरोले थला परेकी थिइन् । उपचारका लागि कोल्टीमा चेकजाँच गर्दा कालाजार भेटिएको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार हुने भएपछि स्थानीयलाई सहज भएको छ ।

जिल्ला बाहिर जाँदा कम्तिमा पनि २० हजार भन्दा बढी खर्च हुुने गरेको थियो, स्वास्थ्य केन्द्रमै सेवा पाँउदा निकै सहज भएको जनस्वास्थ्य निरिक्षक आमेजङ्ग शाहीले बताएका छन् । यो भन्दा पहिला धेरै बिरामीलाई जिल्ला बाहिर रिफर गरेको उनले बताए ।

तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । केही महिना पहिला मात्र जगन्नाथ गाँउपालिका–५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको थियो ।

उनलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो । रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हन सक्ने रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

कोल्टी क्षेत्रमा एक वर्ष पहिला कालाजारबाट एक जना बालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।

कोल्टीमा उपचारका लागि ल्याईएको थियो कालाजारबाट बालिका शाहीको अवस्था गम्भीर भएकाले काठमाडौ रिफर गर्यौ त्यतै मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । गएको वर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए । स्वामिकातिक गाँउपालिका–५ जेरा बस्ने ११ वर्षीया कञ्चना शाही र सोही गाँउपालिका–२ साप्पाटा की तीन वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखा परेको थियो ।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । यो क्षेत्रमा दुई वर्ष पहिला मलेरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा परदै आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

पुर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानीय तह दुर्गममा भएकाले कालाजार सम्बन्धी चेतना र नियन्त्रणका लागि पहल नगरे महामारी फैलन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्