Logo
Logo

यस्ता छन् अनुहारको ‘रौं’ हटाउने टिप्स


दृष्टि संवाददाता


रौँ काट्ने
बलिउडका अभिनेत्रीहरु नियमित अनावश्यक रौँहरु काट्ने गर्छन् । शरीरमा अनावश्यक रौँहरु शरीरमा लगाउने कपडाका कारण बढ्ने गर्छन् । मिडिया रिपोर्टका अनुसार दीपिका पादुकोणले आमाले सिकाएको टिप्स पट्याउँदै रौँ फाल्ने गरेको बताइन् । यस्तै, हलिउडकी पप गायिका टेलर स्विफ्टले दैनिक रौँ काट्ने गरेको बताएकी छिन् ।

ब्लीचिङ
एशियाली देशहरुमा यो उपाय निकै प्रचलित छ । मिडिया रिपोर्टका अनुसार करिना कपूरले आफ्ना अनुहारमा भएको अनावश्यक रौँहरुलाई नदेखिने बनाउन यो प्रक्रिया गर्ने गरेको खुलाइन् ।

वाक्सिङ
यो प्रक्रिया रौँ हटाउने प्रभावकारी उपाय हो । यो निकै पीडादायी तरिका पनि हो । यो उपाय हरेक युवतीहरु प्रयोग गर्ने गर्छन् ।

लेजर हेयर रिमुभ
दीपिका पादुकोणदेखि श्रद्धा कपूरसम्म थुप्रै अभिनेत्रीहरुले शरीरका अनावश्यक रौँहरु हटाउन यो विधिहरुको प्रयोग गरेका छन् ।

यस्तै, शरीरका रौँहरु हटाउन बलिउडका अभिनेत्रीहरु एपिलेटर, कपाल हटाउने क्रिम, कपाल हटाउने साबुन, प्लकिङ, एपिले थ्रेडिङ जस्ता उपायहरु अपनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्