Logo
Logo

अमेरिकन कम्पनी बड्वाइजर बियर अब नेपालमै उत्पादन


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभको उत्पादन बड्वाइजर बियर नेपालमै उत्पादन हुने भएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राजबु्रअरीले यो बियर नेपालमा उत्पादन सुरु गरेको हो ।
यसअघि बड्वाइजरले १ सय ५० भन्दा बढी देशमा सफलता प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले एबिइन्बेभले आफ्नो कम्पनीलाई छनोट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु सम्मानको विषय भएको बताए ।
बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरका रूपमा भएको जनाइएको छ । यो बियरले १ सय ४० वर्षको बु्रइङ प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको कम्पनीको दाबी छ ।
जावलाखेल गु्रपका ग्रप कार्यकारी निर्देशक सशिन जोशीले विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्र्याएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबिइन्बेभसँग सहकार्य गर्न पाएकोमा उत्साहित रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्