Logo
Logo

सुनको मूल्यमा आज सामान्य वृद्धि


दृष्टि संवाददाता


काठमाडौं । सुनको मुल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै महासंघको अनुसार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्