Logo
Logo

ग्लोबल आइएमई बैंकद्वारा ऋणपत्र जारी


दृष्टि संवाददाता



काठमाडौं ।
ग्लोबल आइएमई बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले बार्षिक साढे ८ प्रतिशत ब्याजको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाखकित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत चार गते र ढिलोमा चैत १६ गतेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्