Logo
Logo

सगरमाथा आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा


दृष्टि संवाददाता


काठमाडौं । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो ।

टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।

बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले सोमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ ।

राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो । आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि छ ।

प्रतिक्रिया दिनुहोस्