Logo
Logo

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना विरुद्धको खोप


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । बंगलादेश भ्रमणमा जाने भएसँगै सोमबार राष्ट्रपति भण्डारीले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् ।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिका लागि राष्ट्रपति चैत ९ गते दूई दिने औपचारिक भ्रमणमा ढाका प्रस्थान गर्नेछिन् । भ्रमण तय भएपनि मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ ।

बंगलादेशको संस्थापक रहमान वर्तमान प्रधानमन्त्री शेख हसिनाको पिता हुन् । राष्ट्रपिताको रूपमा चिनिने रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ । त्यही कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । उनको साथमा परराष्ट्र मन्त्री र अन्य उच्च अधिकारी पनि सहभागी हुने बताइए पनि अझै टुंगो भने लागि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्