Logo
Logo

सुनको मुल्यः तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार


दृष्टि संवाददाता


काठमाडौं । आज सुनको मुल्य तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।

सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ। सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्