Logo
Logo

बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा मंगलबार एक समारोहका बीच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु गोविन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्