Logo
Logo

शेयर बजार सुध्रियो, कारोवार रकम सुध्रिएन


दृष्टि संवाददाता


काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको सुधार देखिएको छ। लगातार घटिरहेको बजारले मंगलबार ओरालो यात्राको अन्त्य गर्दै २ हजार ४ सय ३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढेर ४ सय ३८ विन्दुमा पुगेको छ।

कारोबार रकममा भने बुधबार पनि सुधार हुन सकेन । मंगलबार तीन अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार पनि त्यसकै हाराहारी अर्थात् तीन अर्ब ३७ करोड रुपैयाँकै भएको छ।

बुधबार सबै उपसमूह हरियो भएको बजारमा ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लाग्यो । त्यसमध्ये चन्द्रागिरी हिल्सको सेयर मूल्य लगातार २७ कारोबार दिनमा समेत १० प्रतिशतले बढेको छ।

बुधबार कुल २ सय १२ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्