Logo
Logo

इन्भेष्टमेन्ट बैंकको वार्षिकोत्सवमा रक्तदान


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ फागुन ।
नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मंगलबार बैंकको प्रांगणमा आयोजित कार्यक्रममा करिब एक सय जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।


बैंकका कर्मचारी तथा सर्वसाधरणले रक्तदान गरेका थिए । बैंकले विभिन्न सामाजिक काम गरी वार्षिकोत्सव मनाएको छ ।
देशको पूरानो बाणिज्य बैंकमध्ये एक इन्भेष्टमेन्ट अग्रणी बैंकका रुपमा सर्वसाधरणबीच लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्