Logo
Logo

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा : एन्फा


दृष्टि संवाददाता


काठमाडाैं । नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हाे ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । एन्फाका प्रवक्ता किरण राईले प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए ।

प्रवक्ता राईले प्रतियोगिताको अनुमानित खर्च १ करोड लाग्ने जानकारी गराए । जसमा १ करोड ५० लाख आम्दानी गर्ने र ५० लाख फुटबल विकासका खर्चिने बताए । यस्तै एन्फाले प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने जनाएको छ । उपविजेताले ३ हजार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर पाउने छन् ।

एन्फाले बंगलादेशको ४० सदस्सीय टिम बिहीबार आईपुग्ने जनाएको छ । किर्गिस्तानको टिम भने मार्च २१ मार्चमा आईपुग्ने एन्फाले जनाएको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल चैत १२ गते हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।

प्रतिक्रिया दिनुहोस्