Logo
Logo

नागरिक लगानी कोष ३१ औं वर्षमा प्रवेश


दृष्टि संवाददाता


काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३० वर्ष पार गरी ३१औं वर्षमा प्रवेश भएको छ । २०४७ सालमा स्थापना भई सञ्चालनमा आएको कम्पनीले बिहीबार (चैत ४ गते) होटल याक एण्ड यतिमा आफ्नो ३१औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले यो अवधिमा कोषले एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न सफल भएको बताएका छन् । त्यस्तै, कोषले विभिन्न ११ वटा योजना ल्याउन सफल भएको छ ।

जसमा करिब ७ लाख ५० हजारभन्दा बढी सहभागीहरु आवद्ध भएका कोषका कार्यकारी निर्देशक नेपालले जानकारी गराए ।

यो अवधिमा कोषले कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाव योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बीमा कोष, नेपाल प्रहरी बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष,राष्ट्रिय अनुसन्धान बीमा कोष तथा नागरिक पेन्सन लगायतका योजना ल्याइसकेको छ ।

योसंगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी क्रणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कोषको खुद मौज्दात रकम एक खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्