Logo
Logo

नक्कली बिजकको प्रयोग गर्ने दुई कम्पनीविरूद्ध मुद्दा


दृष्टि संवाददाता


काठमाडाैं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)  बिजकको प्रयोग गर्ने दुई कम्पनीलाई राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ। विभागले १ करोड ८९ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

नक्कली भ्याट बिलको प्रयोग गर्ने सन्तोषी र लोहनी जेभीलाई मुद्दा हालेको हो। सन्तोषी र लोहनी जेभीका लिड पार्टनर मुख्य कारोवारी केशवराज कँडेल समेत तीन जना विरुद्ध मुद्दा दायर भएको छ।

सन्तोषी निर्माण सेवा प्रालिले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने गरेको विभाग अनुसन्धानमा खुलेको छ।

यसैगरी लोहोनी जेभीका केशबराज कँडेल, सञ्चालक र निर्देशक उज्वलराज कडेल र लक्ष्मीकुमारी कँडेल विरुद्ध कारबाही सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्