Logo
Logo

ग्लोबल आइएमईको एटिएम मेसिन फुटाएको आरोपमा भारतीय पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठमेल बस्दै आएका भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलम छन् ।
उनले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्