Logo
Logo

रामकृष्ण ढकालको ‘उकालीको त्यो पल्लो डाँडा’ सार्वजनिक (भिडियाे)


दृष्टि संवाददाता


काठमाडौं । प्रसिद्ध गायकको रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । गायक ढकालको स्वर दिएका ‘उकालीको त्यो पल्लो डाँडा’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।

साजन श्रेष्ठको शब्द रहेको गीतको संगित अशोक थापाले गरेका छन् । थिएटरमा अभिनय गरिरहेको कलाकारहरुले अभिनयको गरेका गीतको भिडियोमा द्धन्द्धकालिन समयको घटनालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा थिएटर तथा चलचित्रमा समेत अभिनय गरिसकेका मोहन चाम्लिङ, कुमार गजुरेल, कनन राई, शिला गजुरेल रामके बान्तावा लगायतको कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा द्धन्द्धकालिन समयमा अपहरणमा परेको शिक्षकको कथा र उनको परिवारको कथालाई मार्मिक ढंगमा प्रस्तुत गरिएको छ ।

क्रान्तिको समयमा एउटा परिवार र बच्चामा कस्तो किसिम असरको पर्छ भन्ने कुरा भिडियोमा देखाईएको निर्देशक कुमार गजुरेलले बताए ।
वाह पिक्र्चसको प्रस्तुती रहेको भिडियोलाई रामेश्वर हुमागाई छायाँकन गरेका छन् । भने क्रियटिभ निर्देशकको भुमिका पनि कलाकार चाम्लिङले गरेका छन् । सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्