ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु


दृष्टि संवाददाता


चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्