Logo
Logo

उत्पादनमूलक उद्योग खाेल्न प्रधानमन्त्रीकाे उद्योगी व्यवसायलाई आह्वान


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्न उद्योगी व्यवसायलाई आह्वान गरेका छन् ।

उद्योगी व्यवसायीसँग शुक्रबार बालुवाटारमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादनमूलक उद्योग खोल्नुपर्ने र सरकारका तर्फबाट सबै सहुलियत र कानूनी प्रवन्ध सरकारले गर्ने आश्वासन दिए ।

‘म आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । निर्यात खास व्यापार हो । उत्पादन गरेर पठाउनुस, सरकारले बढिभन्दा बढि सुविधा दिन तयार छ ।’ प्रधानमन्त्रीले भने ।

अटोमोबाइल्समा कर बढी भएको विषयमा व्यवसायीले गरेको गुनासो उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै अटोमोबाइल्स उद्योग स्थापनाका लागि अघि बढ्न आग्रह गरे ।

ओलीले भने, ‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’

ओलीले भन्सार उच्च हुँदा पनि नेपालका सडकमा गाडी खचाखच भएको बताए । ‘अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन् । साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ । उस्तै परे म पनि किन्छु एउटा गाडी । अनि के होला ट्राफिक ?’

प्रतिक्रिया दिनुहोस्