Logo
Logo

व्यवसायीको प्रधानमन्त्रीसँग आग्रह–‘व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्यानुहोस्’


दृष्टि संवाददाता


काठमाडौं । नेपालका उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै सरकार अझ व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

शुक्रबार उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले गरेको छलफल कार्यक्रममा उद्योगी व्यवसायीले सरकारको प्रशंसा गर्दै थप राम्रा नीति तथा कार्यक्रमको अपेक्षा गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्एिको बताएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले अर्थतन्त्र सुधारको संकेत दिएको भन्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले नेपालका लघु, साना तथा मझौलालाई निकै राहत मिलेको बताए ।

सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएको प्रति आभार व्यक्त गर्दै उनले त्यसले व्यवसायी पनि उत्साहित भएको बताए । उनले भने– नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ । देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो ।

उनले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामा नै रहेको उनले बताए । पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वादेशी उत्पादनलाई बढाउन र निर्यात गर्न अझै प्रभावकारी सरकार नीतिको खाँचो रहेकोमा जोड दिए ।

कार्यक्रममा सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको भिजनलाई कार्यान्वयन गर्न सक्ने हो भने समृद्ध देश बन्न लामो समय नलाग्ने बताए । केही कानुन व्यवसायीमैत्री बनाउन आग्रह गर्दै उनले प्रधानमन्त्रीलाई आफूहरुको साथ रहेको बताएका हुन् ।

नेपाल उद्योग परिसघंका निर्वातमान अध्यक्ष हरिभक्त शर्माले अहिले सही निर्णय लिन सके देशमा विकास लहर आउने बताए । प्रधानमन्त्रीको योजनाअनुसार काम भए १० वर्षमा मुलुकले काँचुली फेर्ने उनले बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कर्मशमा उपाध्यक्ष कम्लेश कुमार अग्रवालले अहिले वैदेशिक व्यापार घाटा मुख्य समस्या रहेको भन्दै आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताए ।

लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले कोरोनाले थलिएका २ लाख ४१ हजार साना र घरेलु उद्योग समस्यामा रहेको भन्दै राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्