Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्सका २६७ जना अभिकर्ता एमडीआरटी क्लवमा प्रवेश


दृष्टि संवाददाता


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २६७ जना अभिकर्ता एमडीआरटी क्लवमा गएका छन् ।
कम्पनीका लागि वार्षिक १० लाख अमेरिकी डलर वा वार्षिक ११ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अभिकर्ता एमडीआरटी क्लवमा जान पाउने कम्पनीको प्रावधान छ ।
कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दी टेवल र ९ जना टप अफ दी टेवल गरि २६७ जना अभिकर्ताहरु एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएको कम्पनीले जनाएको छ । ती अधिकर्ताहरुले नेपाल लाइफलाई एक वर्षमा करिब ३० अर्ब रुपैयाँको व्यापार (बीमा शुल्क) दिलाएका छन् ।

नेपाल लाइफले शुक्रबार एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच सम्मान गरेको हो ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडीआरटी)मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत प्रसाईले अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले एमडीआरतीजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रियजगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए ।
पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्तामाझ जोश र जाँगरको उर्जाले कम्पनीको उचाइ बढ्ने विश्वास व्यक्त गरे ।
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काँधमा काँध मिलाई काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्