Logo
Logo

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा


दृष्टि संवाददाता


काठमाडाैं । वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।

सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्