Logo
Logo

पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण


दृष्टि संवाददाता

315
Shares

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

‘६८ वर्षीय प्रधानमन्त्री खान घरमा नै सेल्फ आइसोलेसनमा हुनुहुन्छ,’ सुल्तानको ट्विटमा उल्लेख छ । खानले २ दिनअघि मात्र कोरोनो भाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार पाकिस्तानमा हालसम्म १३ हजार ७ सय ९९ जना संक्रमितको मृत्यु भएको भने ६ लाख २३ हजार १३५ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्