Logo
Logo

विरगंज र प्लानिङ बराबरीमा राेकियाे


दृष्टि संवाददाता


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक सी डिभिजन लिग फुटबलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा दुवै टोलीले अवसर पाएपनि गोल गर्न भने सकेनन् ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा विरगंज युथ एकेडेमीले महाबिर युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । विरगंज युथ एकेडेमीलाई जित दिलाउन सिर्जन राज गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक एक गोल गरे ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्