Logo
Logo

टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध


दृष्टि संवाददाता


एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई प्रवेश निषेध गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले शनिबार विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरिएकोे हो ।

कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।

पाराओलम्पिकको औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्