Logo
Logo

सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकमा छुट


दृष्टि संवाददाता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेलस्थित सम्यक डाइग्नोस्टिक प्रालिबीच बैंकका ग्राहक महानुभावका लागि विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डाइग्नोस्टिक प्रालिमा डेबिड, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वस छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यासब्याक योजनाहरु सञ्चालन गर्दै आइरहेको छ

प्रतिक्रिया दिनुहोस्