Logo
Logo

शेयर बजारमा हरियाली, कारोबार रकममा सुधार


दृष्टि संवाददाता


काठमाडाैं । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ६३ दशमलव ३८ अंकले अर्थात २ दशमलव ५ सय ६७ प्रतिशतले बढेसँगै बजारमा हरियाली छाएको हो ।

२६ सयको विन्दुभन्दा माथि लागिसकेको नेप्से परिसूचक केही दिन लगातार घट्दा २४ सय हाराहारीमा झरेको थियो । आइतबार ६३ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ५ सय ३८ दशमलव ४७ अंकमा पुगेको छ ।

कारोबार रकममा समेत केही दिन अघिको कारोबारको तुलनामा सुधार आएको छ । आइतबार १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह ओलारो लाग्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । १० कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेर सर्किट ब्रेकर लागेको छ ।

आठ कम्पनीको मूल्य स्थिर हुँदा ३१ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्