Logo
Logo

काेराेना संक्रमण बढ्न सक्ने भन्दै सरकारले गर्‍याे सभा जुलुस नगर्न आग्रह


दृष्टि संवाददाता


काठमाडौं ।  सरकारले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि देशभर सभा, जुलुस, र्‍याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो । ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार,भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्