Logo
Logo

आग्लोले हानेर श्रीमतीको हत्या


दृष्टि संवाददाता

252
Shares

डडेल्धुरा । डडेल्धुरामा घरायसी विवादमा श्रीमानले आग्लो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । विवाद हुँदा शनिबार दिउँसो नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदलाई आग्लोले हिर्काएका थिए ।

श्रीमतीको हत्या गरेर साउँदले स्थानीय प्रहरी चौकीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले रातोपाटीलाई बताए । प्रहरीले साउदलाई शनिबार राति नै पक्राउ गरेको छ ।

ढोकामा लगाउने डेढ फिटको आग्लोले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्यामले प्रहरीसँग आफैंले हत्या गरेको साविती बयान दिएका छन् । मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई फोन गरेर साउँदले आफ्नी श्रीमती अचेत अवस्थामा रहेको जानकारी गराएका थिए । प्रहरी घटनास्थलमा पुग्दा मनिषाको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्