Logo
Logo

सेनाको टोलीद्वारा दुई थान भरुवा बन्दुक बरामद


दृष्टि संवाददाता


बांके । बांके राष्ट्रिय निकुञ्जमा क्षेत्रबाट नेपाली सेनाले दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले राप्ती सोनारी गाँउपालिका वडा नं ९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रमामा भरुवा बन्दुक फेला पारेको हो ।

त्यस्तै सेनाले बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु पनि बरामद गरेको छ । बरामद गरेको सबै सामाग्री जिल्ला निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जनाएको छ ।

उक्त घटनामा संलग्न भई फरार भएका व्यक्तिहरुको खोजि भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्