Logo
Logo

बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप प्रहरी जवान पक्राउ


दृष्टि संवाददाता


बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् ।

प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा नगरपालिका– ११ की अन्दाजी १९ वर्षीय एक किशोरीलाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार उनलाई आइतबार पक्राउ गरी बलात्कारपछि हत्याको प्रयास अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

विपन्न परिवारकी ती एक किशोरीलाई थारूले बलात्कार गरी हत्या गर्ने उद्देश्यले घाटीमा झोलाको फित्ताले बाँधेर लतार्दै जंगलमा पुर्याएर छाडेका थिए । त्यसलगत्तै उनी फरार भएका थिए । बेहोस एक किशोरीको स्थानीयवासीले हिजो बिहान उद्दार गरेका थिए ।

थारुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्