Logo
Logo

अर्थ समितिमा बीमा प्राधिकरण गठन हुने विधेयकको दफावार छलफल


दृष्टि संवाददाता


काठमाडौं । बीमा समितिलाई खारेज गर्दै प्राधिकरण गठन गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय समितिमा दफावार छलफल सुरु भएको छ ।

आज (सोमबार) बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिले विधेयकमा दफावार छलफल गर्ने छ । विधेयकमा बीमा प्राधिकरण स्वयत्त निकायका रुपमा रहने उल्लेख छ । यो विधेयकले ऐनको रुप लिएपछि बीमा समितिले गरेका काम स्वतः हस्तान्तरण हुन्छ ।

बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रूपमा काम गर्ने, राष्ट्रिय बीमा नीति तर्जुमा, बीमा कम्पनीहरुलाई अनुमति तथा नियमन गर्ने जस्ता जिम्मेवारीहरु प्राधिकरणसँग रहने छ । अर्थ समितिमा दफावार छलफलपछि यो विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकमा पठाइन्छ ।

प्रतिक्रिया दिनुहोस्