Logo
Logo

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई विप्लवले सोधे- बन्दी रिहाई र मुद्दा फिर्ता कहिले गर्ने ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । सोमबार विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटवार्तामा विप्लवले प्रधानमन्त्री ओलीलाई आफ्ना नेता/कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ? भन्दै जिज्ञासा राखेका थिए । विप्लवको भनाइ उदृढ गर्दै केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले भने, ‘हाम्रा नेतारकार्यकर्ता रिहा भएका छैनन् । मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु भएन, वार्तामा भएको सहमति किन पालना भएन ?’

फाइल तस्वीर

विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले बन्दी रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केहीदिन पर्खिन आग्रह गरेको चलाउनेले बताए। ओली र विप्लववीच झण्डै एक घण्टा बन्दी रिहा, मुद्दा फिर्तासहित अन्य राजनीतिक विषयमा छलफल भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्