Logo
Logo

चितुवाकाे छालासहित चारजना पक्राउ


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाकाे छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-८ ठेगाना भएका ३३ वर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय गोपाल थापा मगर, उदयपुर कटारी नगरपालिका-६ ठेगाना भएका २८ वर्षीय निशान्त कुमार रहपाल र काठमाडौं चाबहिल बस्ने सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय एक प्रसाद राई रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ मित्रनगर ऐश्वर्य मार्गस्थित प्रभु चरण पाहुना घरको कोठा नम्बर २०४ बाट ६ फिट २ ईन्च लम्वाई र २२ ईन्च चौडाई भएको चितुवाको छालासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।

काठमाडौं नयाँबसपार्क मित्रनगर क्षेत्रमा एक प्रसाद राई समेतका व्यक्तिहरूले दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि बरामद छालासहित डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्