Logo
Logo

प्रदेश सरकारको गौरवको योजनाले गति लिँदै


हिक्मत बम


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको गौरवका योजनाले कामको गति लिँदै गएको छ । कञ्चनपुरदेखि डडेल्धुरा सदरमुकाम हुँदै बझाङको देउरासम्म जोड्ने सडक सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना हो ।

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनामा रहेको दैजी, जोगबुडा, सलौन, चिरकिट्टे, पोखरा, बेलापुर, ढुङ्गाड, देउरा हुँदै बझाङ जोड्ने सडक खण्डको कामले तिब्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले उक्त सडकलाई प्रदेश सकारको गौरवको आयोजनाकारुपमा थालनी गरेका थिए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत सुदूरपश्चिमभरि साना ठूलागरि थुप्रै सडक सञ्जालहरु गाउँ गाउँमा फिजाइएका छन्। कतिपय सडकहरु निर्माण सम्पन्न भएका छन भने कतिपय सडकहरुमा तिब्ररुपले निर्माण कार्यहरु भइरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका अन्य मन्त्रालयभन्दा देखिने कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सम्पादन भएको आम जनताको भनाइ रहेको छ । सो मन्त्रालयले पुलपुलेसो, सडक, तटबन्धन, सिँचाईलगायतका कार्यहरुलाई तिब्रता दिँदै आएको छ ।

अस्वस्त राजनीति र आफूले बीना कारण मन्त्री पदबाट राम्रो काम गर्दा गर्दै पनि बाहिरिनु पर्ने भएकाले पनि सुदूरपश्चिममा सडक, खानेपानी, सिँचाईलगायतका जनताका आधारभूत आवश्यकताहरू पूरा गर्ने चहाना अधुरो रहेको पनि पूर्वाधार विकास मन्त्री बोहराले बताए । आफूले प्रदेश सरकार र संघीय सरकार मार्फत पनि अरु विकासका कार्यहरू अगाडी सार्ने आफ्ना याेजना धुरो रहेको बताए ।

बैडकको सलौन, कलेना, चिरकिट्टे, घटाल सडक खण्डमा २५ फिट चौडा सडकको ट्रयाक खोल्ने गरि निर्माण कम्पनीसंग तत्कालिन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक विकास मन्त्री पठानसिंह बोहराले सम्झौता गरेका थिए । सो सडकको काम निर्माण सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पुर्वाधार विकास कार्यालय डडेल्धुराबाट ऐतिहासिक रूपमा सम्पन्न भएकोमा कार्यान्वयन गर्ने निकाय, निर्माण कम्पनी तथा सरोकारवाला सम्पूर्ण पक्षलाई तत्कालिन पूर्वाधार विकास मन्त्री बोहराले हार्दिक धन्यवाद दिए ।

बाँकी निर्माणाधीन सडकको परशुराम नगरपालिकाका नगर प्रमुख भीम साउँदले अनुगमन गर्नुभएको छ । नगर प्रमुख साउँदले कामलाई तिब्रता दिनका लागि र निर्माणाधीन कामलाई चुस्तदुरुस्त राख्नका लागि आफूले पटक पटक निर्माण भइरहेका सडकहरुको अनुगमन गर्ने गरेको बताए ।

उनले विकास निर्माणका कार्यहरुको अनुगमन गर्ने हो भने समयमै काम सम्पन्न हुने बताए । उनले भने, ‘निर्माणाधीन कामलाई थप प्रभावकारी बनाउनका लागि र काम गर्ने कामदारहरुलाई प्रोहत्सान गर्नका लागि अनुगमन गर्न जरुरी छ ।’

सडकको तीब्र विकासका लागि यसै आर्थिक वर्षमा बहुवर्षीय सडक स्तरोन्नतीको ठेक्कालगायत सडक खण्डमा पर्ने नदिहरुमा पुलको ठेक्का लागि सम्पुर्ण तयारी पुरा भइसकेको नगर प्रमुख साउँदले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको काम प्रती स्थानीय जनताहरु खुशी भएका छन । भौतिक पूर्वाधार विकास मन्त्रालयका गौरवका योजनाहरुको काम तिब्र गतिमा भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सिँचाई, खानेपानी, सडक, पुलपुलेसोलगायतका योजनाका कामहरुले तिब्र गति लिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्