Logo
Logo

४८ कार्टुन मदिरा बरामद


दृष्टि संवाददाता


सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीबाट आज ४८ कार्टुन अवैध मदिरा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय पातो, सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले जनता माध्यमिक विद्यालयको पछाडिको गोरेटो बाटोबाट ४८ कार्टुन रहेको १६ बोरा मदिरा बरामद गरेको जनाएको छ । बोराभित्र रहेको कार्टुनमा एक हजार ४०० बोतल गौरव र कस्तुरी नामक मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

टाउकोमा बोकी तरही बजार हुँदै अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्नासाथ भरियाहरु मदिरा फाली फरार भएको प्रहरीले जनाएको छ । बरामद भएका मदिरा आवश्यक कारबाहीका लागि आजै तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्