Logo
Logo

शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । मुलुककै ठूलो निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं र १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आव ०७५/७६ र ०७६/७७ को वार्षिक साधारणसभा थापाथलीस्थित आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टरमा सम्पन्न गरेको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले ०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष ०७६र७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत(आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा २७.७६९ प्रतिशत हुने) का दरले ३८१, ६८९, १२७ (रु.अठतीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताईस मात्र) को बोनस सेयर पारित गरेको छ ।

यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत(आ.व. २०७७ ७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पूँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश रु. २००८ ८९०१ (रु. दुई करोड अठासी हजार नौ सय एक मात्र) वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी चार अर्ब पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र र नियमावली पनि संसोधन गर्ने एजेण्डा पारित भएको छ । प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।

बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ सञ्चालकका लागि निर्वाचन समेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्