Logo
Logo

काेराेना जाेखिम पुनः बढ्याे,सुरक्षा मापदण्डमा कडाई गर्न गृहकाे निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । कोरोना भाइरसको जोखिम पुनस् बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ । सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको हो ।

मन्त्रालयले भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमा कडाई गरिनु पर्ने, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने, अनावश्यक भीडभाड बन्द गराउनु पर्ने लगायतका निर्देशन दिइएको छ ।

त्यस्तै क्वारेन्टिनदेखि आइसोलेशनसम्म तयारी अवस्थामा राख्न समेत परिपत्र गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्