Logo
Logo

वीरगंजमा कोरोना बढ्याे, २५ जनाभन्दा बढी जम्मा नहुन प्रशासनको निर्देशन


दृष्टि संवाददाता


वीरगंज । कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साले मंगलबार होली पर्व नजिकिँकै जाँदा २५ जनाभन्दा बढीको संख्यामा भीडभाड नगर्न निर्देशन जारी गरेको छ ।

नेपाल भारत सीमामा उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीलाई कडा निर्देशन दिँदै २५ जना भन्दा बढीको संख्यामा भीडभाड नगर्न निर्देशन जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकमा सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता परेको अवस्थामा नेपाली सेनालाई समेत परिचालन गर्न सकिने केन्द्रले गरेको निर्णयमा उल्लेख छ। साथै, वीरगंज भन्सार नजिकै हेल्प डेस्क स्थापना गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी, नारायणी अस्पतालमा १५ शय्या, पोखरीया अस्पताल बगही र भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच–पाँच शय्याको आइसोलेसन वार्डको लागि पनि तयारी गर्न पनि निर्णय गरिएको छ।

एक सातामा वीरगंजमा १४ जना संक्रमित देखिएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको बाबा होटलको कोभिड अस्पतालको लागि पनि सरकारसँग स्वीकृतिको लागि माग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्