Logo
Logo

कञ्चनपुरमा काेराेनाकाे त्रास बढेपछि आंशिक निषेधाज्ञा


दृष्टि संवाददाता

4.5k
Shares

काठमाडाैं । कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुर प्रमुख

जिल्ला अधिकारीले आंशिकरूपमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ। यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ।

गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ। यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ।

यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्