Logo
Logo

अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स प्रालिबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्वीपक्षीय सम्झौता भएको छ ।
एक कार्यक्रमबीच सवारी साधनहरुको दुर्घटनाबापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन सम्झौता भएको हो ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि कम्पनीका ग्राहकलाई दाबी भुक्तानीमा सहज हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्