Logo
Logo

नेप्सेमा दोहोरो अङ्कको गिरावट, निफ्राको हालसम्मकै उच्च कारोवार


दृष्टि संवाददाता


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१ दशमलव २९ अङ्कले घटेर दुई हजार ५ सय ४८ दशमलव ९६ मा पुगेकाे हाे ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५दशमलव ६४ बिन्दुले घटेर ४ सय ५० दशमलव ३१ मा ओर्लेको छ ।

कूल २ सय ८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्