Logo
Logo
स्वास्थ्य र सौन्दर्य

कस्तो अनुहारलाई कस्तो हेयर स्टाइल सुहाउँछ ?


डा. रेखा थापा


कपाल महिलाको सबैभन्दा सुन्दर प्राकृतिक गहना हो । महिला र कपालको सुन्दरतालाई जोडेर ‘नारी सौन्दर्य’को व्याख्या गरिन्छ । त्यसैले महिलाको सुन्दरतामा कपाल सजावटको बेग्लै महत्व हुन्छ । अहिले कपाल सजाउने र आफ्नो व्यक्तित्व वा सुन्दरतामा अझ बढी निखार ल्याउने चलन बढेको छ ।

कपाल यस्तो माध्यम हो, जुन माध्यमबाट तुरुन्तै कसैको ‘लुक्स’ परिवर्तन हुन्छ । हेयर कट, कलरिङ र रिवोण्डीङले आफ्नो लुक सजिलै परिवर्तन गर्न सकिन्छ । उमेर, व्यक्तित्व, पेशा, अनुहारको बनावट आदिलाई ध्यानमा राखेर ‘हेयर स्टाइल’ परिवर्तन गरे सुन्दरता र व्यक्तित्वमा निखार आउँछ ।

अनुहारको बनावटअनुसार ‘फ्रन्ट स्टाइल’ दिन सक्यो भने लुक्स परिवर्तन गर्न सकिन्छ । जस्तो कि कसैको फराकिलो निधार छ भने ‘फ्रिन्ज लेन्थ’मा राख्दा सानो देखिन्छ । यसैगरी लामो अनुहार हुनेले ‘साइड ब्याङ्गस्’ राख्दा फेश छोटो र राम्रो हुन्छ ।

कस्तो अनुहारका लागि हस्तो हेयर स्टाइल ?

– ठूलो अनुहार हुनेले ‘लोवर सोल्डर लेन्थ’ राखेर लेयर गर्ने र साइडमा स्यागी वा व्याङ्गस् बनाउने । जसले अनुहारको वरिपरि कभर गरेर अनुहार सानो देखाउन मद्दत गर्छ ।

– सानो फेस हुनेले ‘स्टेट कट’ वा ‘वान लेन्थ कट’ गर्दा केस नछोपिने भएकोले अनुहार ठूलो देखाउँछ । साथै, सिम्पल र स्मार्ट पनि देखिन्छ ।

– पातलो कपाल हुनेको लागि ‘थाइ ब्लन्ट’ वा सोल्डरसम्मको मात्र लम्बाई राख्दा बाक्लो जस्तो देखिन्छ ।

– आजभोली ‘सर्ट थाइ ब्लण्ट’मा ‘वेवी हेयर’ निकै चलेको छ । जसलाई पनि सुहाउँने यो स्टाइलमा लेयर पनि राख्न सकिन्छ ।

– ‘सोल्डर लेन्थ कट’ जुनसुकै उमेरका महिलालाई गर्न सकिने र जसको लागि पनि गर्न सकिने स्टाइल हो ।

– टीनएजरदेखि २५–३० वर्षसम्मको महिलाका लागि ‘एङ्गल बव कट’ गर्न सकिन्छ । फर्मल शुटको साथमा पनि यसले अत्यन्तै स्मार्ट देखाउँछ ।

– उमेर ढल्किसकेपछि वा ५० प्लसका महिलाका लागि ‘सर्ट बव’को साथमा ‘लेयर स्मार्ट कट’ राम्रो हुन्छ । यसले आफ्नो उमेरभन्दा कम देखाउन मद्दत गर्दछ । यो हेयर कटसँगै ‘ग्रे हेयर’लाई कभर गर्न ‘वर्गण्डी’ वा ‘लाइट ब्राउन’ कलर प्रयोग गरे योङ र स्मार्ट देखिन्छ ।

– कसैलाई लामो कपालमात्रै मनपर्छ भने हल्का वेभी बनाएर ‘बालायज हाइलाइट’ गर्दा सुन्दर र स्मार्ट देखिन्छ ।

– कर्ली कपालको लागि ‘फेदर कट वेस्ट स्टाइल’ राम्रो हुन्छ । यसलाई मिडियम लेन्थमा राम्रो देखिन्छ । कलर वा हाइलाइट गर्दा लेयर राम्रो हुने भएकाले आकर्षक देखाउँछ ।

कुनै समय लामो कपाललाई मात्र सुन्दर मान्ने चलन थियो । तर, आजभोली छोटो कपालमै विभिन्न डिजाइन दिइ सुन्दर बनाउन सकिन्छ । छोटो कपाल सम्हाल्न सजिलो हुने भएकाले आजको व्यस्त समयमा धेरैको रोजाई बन्न पुगेको छ ।

माथि उल्लेखित बुँदाहरु व्यवहारमा प्रयोग गर्दा कपालको सजावटबाट तपाईको सुन्दरता र व्यक्तित्व राम्रो बनाउन अवश्य मद्दत पुग्नेछ । तर, कपालको हेरचाहमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

हेयर स्टाइल परिवर्तन गरेर आफ्नो सुन्दरतामा निखार ल्याउन सकिने भएपनि कपालको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । कतिपय काम आफैँ गर्न नसकिने हुन्छन् । आफूसँग प¥याप्त ज्ञान नहुँदा कपाल बिग्रन सक्छ । त्यसैले सौन्दर्यविज्ञ तथा हेयर स्टाइलिसको सल्लाह र सहयोगमा आफ्नो कपालको सजावट गर्दा उचित हुन्छ ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्