Logo
Logo

डिशहोमको रिचार्जमा ईन्टरनेट सित्तैमा


दृष्टि संवाददाता


काठमाडाैं । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।
डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन् ।

डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भीओडीमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।

डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् ।

नेपालमै टिभी को रिचार्ज गर्दा इन्टरनेटलगायत DishHome GO, DishHome GO WEB र XVOD उपलब्ध गराउने डिसहोम पहिलो कम्पनी बन्न सफल भएको छ । डिशहोम फाईबर नेटले हाल बजारमा 10mbps /25mbps र 40mbps का प्याकेजहरु उपलब्ध गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्