Logo
Logo

चैत २० बाट १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने


दृष्टि संवाददाता


काठमाडौं । सरकारले चैत २० बाट १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी झापा, धनकुटा, मोरङ्, बारा, लमजुङ्, पर्वत, बागलुङ्, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जनाएको हो ।

१२ जिल्लाका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाउने तयारी भएको महाशाखाले जनाएको छ । जसका लागि ५ हजार ४ सय स्वास्थ्यकर्मी र ९ हजार ५ सय स्वयसेविका खटाईने छ ।

हात्ती पाइले रोग विरुद्धको औषधि वितरणका लागि सरकारले यस बर्ष १८ करोड, ६१ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

हाल देशभर १७ हजार २ सय हात्तीपाइले रोगी छन् । ति मध्ये ११ हजार ५ सयमा हाइड्रोसिलको समस्या र ५ हजार ७ जनामा हातखुट्टा सुनिने समस्या रहेको महाशाखाले जनाएको छ । हात्तीपाइले रोग क्युलेन्स नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्